७ पुस २०८२, सोमबार | December 23, 2025

भाडा समायोजन नगरेर यातायात व्यवसायी आफैले भाडा बढाउने चेतावनी



काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपनि सार्वजनिक यातायातको भाडा समायोजन गर्न बेवास्ता गरेको भन्दै यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्य लगातार बढाएर नयाँ रेकर्ड कायम हुँदा समेत भाडा समायोजन गर्न सरकारले बेवास्ता गरेको भन्दै यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले बेवास्ता गरे आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिएको हो । सरकारले बिहीबार राति मात्रै एकैपटकमा पेट्रोल र डिजलमा ५/५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

७ महिना अघि सरकारले सार्वजनिक सवारीको भाडा बढाएको थियो । गत असारमा मुल्य समायोजन गरे यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर २५ रुपैयाँले बढिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । असारमा मन्त्री स्तरिय निर्णयबाट पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो ।

लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पेट्रोलियमको मूल्य समायोजनको समयको तुलनामा प्रतिलिटर २५ रुपैयाँ महँगिएकाले गाडी भाडाबाट लागत उठ्न नसक्ने बताए ।

भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुने र त्यही चिज २५ रुपैयाँ महंगो हुँदा पुरानो दरमा गाडी चलाउन नसकिने सिटौलाको भनाइ छ ।

निगमले अझै महिनामा ५ अर्ब घाटा देखाएर पुनः भाडा बढाउने पूर्व संकेत गरेका कारण सरकारले भाडा समायोजन को विकल्प नरहेको उनले बताए ।

पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धि दसबैको मार सर्वसाधारणलाई नै पर्ने निश्चित छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ०८ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत