१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुटवल टुडेलाई



बुटवल । रुपन्देहीको भलवारी स्थित सनराइज फुटसलमा भएको दोस्रो टेन स्टिल्स मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुटवलले टुडेले जितेको छ । ग्लोबल सञ्चार गृहद्वारा आयोजना गरेको फुटसलमा गत वर्षको विजेता बुद्ध सामुदायिक टेलिभिजनलाई पेनाल्टीमा १–० गोल अन्तरले पराजित गर्दै बुटवल टुडेले जित हात पारेको हो । निर्धारित समयमा दुबै टिमले ३–३ गोल गरेपछि नतिजाका लागि पेनाल्टी दिइएको थियो ।

जितसँगै बुटवल टुडेले नगद २५ हजार नगद, मेडल र प्रमाणपत्र हात पारेको छ भने पहिलो मिडिया कपको विजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकर्ता बुद्ध टेलिभिजनका रोहित चौधरी भएका छन् भने उत्कृष्ट फरवाड रेडियो लुम्बिनीका मोहन न्यौपाने, उत्कृष्ट खेलाडी दैनिक लुम्बिनीका दिपक न्यौपाने, अनुशासित खेलाडि राज्य टेलिभिजनका विष्णु भुसाल,उत्कृष्ट गोलरक्षक बुद्ध टेलिभिजनका रोहित चौधरी र सर्वाधिक गोलकर्ता बुटवल टुडेका सुसान्त मगर भएका छन् ।

प्रतियोगितामा संचारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार रुपन्देहीका बीच मैत्रीपूर्ण प्रतिस्पर्धा खेल भएपनि दुवै समूहले कुनै पनि गोल गर्न सकेनन् ।

फटसलकै अवसरमा आयोजक ग्लोबल मिडीयाको तर्फबाट घोषणा भएको उत्कृष्ट खेल पत्रकारिता पुस्कार खेल पत्रकार स्वस्तिक श्रेष्ठले पाएका छन् ।

प्रतियोगिताका विजयी तथा पुरस्कृतहरुलाई नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, ग्लोबल संचारगृहका संचालक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी भुसाल, सम्पादक एनबी कंडेल लगायतले पुस्कार प्रदान गरेका थिए ।

मिडिया कप फुटसलको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले उदघाटन् गरेको थिए । फुटसलको उद्घाटन गर्दै मेयर घिमिरेले स्वास्थ्यका लागि पनि खेलकूद आवश्यक रहेकाले संचारकर्मीहरुका बिच समय समयमा खेल पनि आवश्यक रहेको बताए । साथै उनले संचारकर्मीहरुलाई आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ५७ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज