४ पुस २०८२, शुक्रबार | December 20, 2025

आज राष्ट्रिय क्रिकेट टोली श्रीलंका जाँदै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार नै विदाइ गरेको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक टोलीलाई खादा लगाएर विदाइ गरेका हुन् ।

नेपालले मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । त्यसपछि लिग-२ खेल्न १४ मार्चमा त्यहिँबाट युएई प्रस्थान गर्नेछ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन् ।

त्यस्तै, मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो विक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको