१ चैत्र २०८२, आइतबार | March 15, 2026

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर



लमजुङ । अर्थभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालाले ११२ औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित भएका हुन् ।

तीमध्ये ११० पुरुष र १९२ महिला छन् । जिल्ला अस्पताल लमजुङमा प्रमुख हेमन्त श्रेष्ठका अनुसार उक्त शिविरमा ९२ जनाले दन्तसम्बन्धी र २६३ ले आँखासम्बन्धी सेवा लिएका थिए ।

शिविरमा ३७ जना दात र २७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिफारिस गरिएको छ भने १४७ लाई निःशुल्क चश्मा वितरण गरेको आयोजकले जनाएको छ । शिविरमा जिल्ला अस्पतालका डा सरोज महर्जन र नेत्र सहायक दीप गुरुङका नेतृत्वमा सात प्राविधिकले सेवा दिएको अस्पतालले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विषेश ध्यान दिनुपर्ने बताए । शिविरमा करिब रु ७० हजारभन्दा बढी पालिकाको खर्च भएको बताइएको छ । गाउँघरमै स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय तथा सेवाग्राही हर्षित भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ५४ बजे

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा