५ पुस २०८२, शनिबार | December 20, 2025

रहेनन् वरिष्ठ बाम नेता कृष्णराज वर्मा



काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता कृष्णराज वर्माको ९३ वर्षको उमेरमा निधन भएको छ । आज अपरान्ह उनको निधन भएको राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

वर्माको छातीमा इन्फेक्सन देखिएपछि विगत ११ दिनदेखि अस्पतालमा भर्ना गरिएको थियो । वर्माको छातीमा निमोनिया (इन्फेक्सन) देखिएको पारिवारिक स्रोतले जनाएको छ । सात दिन ओम अस्पतालमा उपचार हुँदा पनि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सककै सल्लाहमा ह्याम्स अस्पताल सारिएको थियो । विगत चार दिनदेखि अस्पतालको आईसीयू कक्षमा वर्माको उपचार चलिरहेको थियो ।

सप्तरीको हनुमाननगरमा जन्मेका वर्मा नेपाली कम्युनिष्ट पार्टीको संस्थापक समुहमा नभए पनि स्थापना काल देखि निरन्तर कम्युनिष्ट आन्दोलनको अगुवा पङ्तीमा रहँदै आएका छन् ।

२००८ सालमा नेपालमा लागेको अनिकाललाई कम गर्न भारतबाट चोरी पैठारी गरि धान निर्यात गर्ने क्रममा निकासी रोक लगाउने आन्दोलनको अगुवाई गर्दै वर्मा कम्युनिष्ट पार्टीमा संलग्न भएका थिए । २०१० सालको कम्युनिष्ट प्लेनमबाट वर्मा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको