१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने



काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।

निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसअघि आयोगले २०७४ को निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो ।

“मतपत्र र चिह्न तथा स्वस्तिक छापको मसी एकै प्रकार (निलो) को हुँदा रातको समयमा मतगणना गर्न गाह्रो भएको गणकबाट गुनासा आएका थिए”, उनले भने, “मतपत्र र स्वस्तिक छापको मसीका कारण देखिने अप्ठ्यारा कम गर्न मतपत्रमा प्रयोग हुने मसी परिवर्तन गरिएको हो ।” वरिष्ठ साहित्यकार, गीतकार र सङ्गीतकारको संलग्न समितिले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो/भिडियो सामग्री निर्माणका लागि प्राप्त रचनाको मूल्याङ्कन गरिरहेको आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिकको काम भइरहेको आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन लिने, कसैले झुट्टा विवरण दिएको भएको सोको सम्बन्धमा उजुरी दिने, एकभन्दा बढीस्थानमा मतदाता नामावली भए हटाउनका लागि सूचना दिनेलगायत क्रियाकलाप चलिरहेको आयोगले जनाएको छ । मतदाता अद्यावधिकका काम यही फागुन २६ गतेसम्म जारी रहने छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : १४ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार