१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

जसले मसुहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्



सप्तरी । समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् । सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चाैधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।

उनले ती आफ्नी छोरी संगीताकुमारी सदाको राजविराज-१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् ।

छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीकाे लालनपाेषण गरेकाे उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्,´सत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री बनाउन सक्नुहुन्थ्याे । उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयाे ।’

चाैधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेकाे र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ५० बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार