८ पुस २०८२, मंगलबार | December 23, 2025

शान्ति समाज रूपन्देही बन्यो तेस्रोपटक उत्कृष्ट शाखा



बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेको छ ।

देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा देबेन्द्र राज पाण्डे, संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले रूपन्देही शाखालाई सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहणपछि सभापति डि पि खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए । रूपन्देही शाखा यसअघि पनि पोखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ३७ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस

सरकारी टोलीद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय

सरकारी टोलीद्वारा पेरिसडाँडास्थित नेकपाको कार्यालयमा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो