२० मंसिर २०८२, शनिबार | December 7, 2025

तयार रहन आईजीपी खनालको निर्देशन



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेक्वा, श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकाले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए ।

उनले नम्बर ३८ रिजर्भ गण हेक्वा, लखनपुर झापाको समेत उद्घाटन गर्र्दै फौजको गहना भनेको अनुशासन भएकाले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्ट्रप्रति इमानदार, बफादार, नैतिकवान्, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिए ।

कोभिड-१९ नियन्त्रण र रोकथाममा संगठनले हासिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहेनतको परिणाम भएको बताउँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिए ।

संगठनका सकल दर्जाले देखाएको इमानदारिता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्दै उनले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भएपश्चात् राजस्व संकलनमा वृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महसुस गरेको बताए ।

राष्ट्रसेवक कर्मचारी ताप्लेजुङको ओलाङचुङगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङरुसम्म अहोरात्र तैनाथ भइरहेको र विकट भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुदसमेत उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको भन्दै प्रसंशासमेत गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्लास्थित सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो । आजको राजधानी दैनिकमा यो समचार प्रकाशित छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ११ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल