१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि अभिमुखिकरण



बुटवल । अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग महिला संघ र अपाङ्गतामहिला संघको आयोजना र बुटवल उपमहानरपालिका वडा नम्बर १६ को सहयोगमा कार्यक्रम भएको हो ।
अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम प्रसाद रेग्मीले अपाङ्गता भएका समुदाय, त्यसमापनि महिला तथा वालवालिकाको अधिकार प्रति नगरपालिका जहिले पनि सजग र सचेत रहेको बताए । उनले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुर्नःस्थापनाको लागि आफुले जहिले पनि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा वडा नम्बर १६ का जन प्रतिनिधि बाल कुमारी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै वडा सदस्य निरु विश्वकर्मा, गगन बहादुर गुरुङ्ग, सन्त प्रसाद थारु, वडा सचिव जगत बहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

वडा नम्बर १६ का अपाङ्गता भएका व्याक्ति, उनीहरुको परिवार तथा महिला स्वयम सेविका र सरोकारवालाहरुको सहभागीता रहेको अभिमुखिरकण कार्यक्रममा अधिवक्ता गौतम सुनार, विन्दु ज्ञवाली लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन पार्वती न्यौपानेले र स्वागत सुमी गुरुङ्गले गरेकी थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ४१ बजे

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका