४ पुस २०८२, शुक्रबार | December 20, 2025

अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि अभिमुखिकरण



बुटवल । अपाङ्गता भएका महिला तथा बालबालिका विरुद्ध हुने हिंसा न्युनीकरणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग महिला संघ र अपाङ्गतामहिला संघको आयोजना र बुटवल उपमहानरपालिका वडा नम्बर १६ को सहयोगमा कार्यक्रम भएको हो ।
अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम प्रसाद रेग्मीले अपाङ्गता भएका समुदाय, त्यसमापनि महिला तथा वालवालिकाको अधिकार प्रति नगरपालिका जहिले पनि सजग र सचेत रहेको बताए । उनले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुर्नःस्थापनाको लागि आफुले जहिले पनि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा वडा नम्बर १६ का जन प्रतिनिधि बाल कुमारी आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै वडा सदस्य निरु विश्वकर्मा, गगन बहादुर गुरुङ्ग, सन्त प्रसाद थारु, वडा सचिव जगत बहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

वडा नम्बर १६ का अपाङ्गता भएका व्याक्ति, उनीहरुको परिवार तथा महिला स्वयम सेविका र सरोकारवालाहरुको सहभागीता रहेको अभिमुखिरकण कार्यक्रममा अधिवक्ता गौतम सुनार, विन्दु ज्ञवाली लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन पार्वती न्यौपानेले र स्वागत सुमी गुरुङ्गले गरेकी थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको