७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाल र साउदी अरबबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने



काठमाडौं । नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्ष हुन लागेको हो ।

साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार नै नेपाल र साउदी अरवका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ/समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा नै नेपाल र साउदी अरवबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिने छ । यो दुई देशको बीचमा गर्न सकिने विभिन्न सहयोगहरु– आर्थिक सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ३४ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा