१० असार २०८३, बुधबार | June 24, 2026

नेपाल र साउदी अरबबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने



काठमाडौं । नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।

साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्ष हुन लागेको हो ।

साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार नै नेपाल र साउदी अरवका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ/समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा नै नेपाल र साउदी अरवबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिने छ । यो दुई देशको बीचमा गर्न सकिने विभिन्न सहयोगहरु– आर्थिक सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ३४ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं