२१ मंसिर २०८२, आइतबार | December 7, 2025

दुई वर्षदेखि रोकिएका पाटनका मेला महोत्सव चलाउन हस्तकला महासंघको माग



ललितपुर । नेपाल हस्तकला महासंघले कोरोनाका कारण दुई वर्षदेखि ललितपुरको पाटनमा रोकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेको छ ।

पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताए ।

उनले भने, ‘चार वर्षदेखि खासै मेला प्रर्दशनी नहुँदा आर्थिक क्षेत्र चलायमान भएन । अब नगरपालिकाले बजेटनै छुट्टाएर वर्षमा ६ वटा मेला आयोजना गरोस् ।’

मेला प्रर्दशनी आयोजना गर्न आफूले के गर्नु पर्ने हो त्यो गर्न तयार रहेको महानगरकी उपमेयर गीता सत्यालले बताइन् ।

उपमेयर सत्यालले आफू विश्व कला नगरी पाटनको कला संरक्षणमा काम गर्न सधैँ तयार रहेको बताइन् । उनले जति पनि बजेट राखेर का मगर्न तयार रहेको बताउँदै भनिन्, ‘तर काम चाँही हुनु पर्‍यो ।’

महागरपालिका(१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाको उत्साहपूर्ण सहभागीताले गर्व लागेको बताए । उनले भने, ‘हामी नगरपालिकाको तर्फबाट वडामा हरेक वर्ष मेला आयोजना गर्न तयार छौं । कोरोना माहामारीका कारण दुई वर्ष भने मेला भएनन् । अब नियमित हुन्छ ।’

वल्ड क्राफ्ट एसोसिएसनले ललितपुरलाई कला नगरी घोषणा गरे पनि निरन्तर रुपमा मापदण्ड पूरा नगरे हटाउन सक्ने प्रावधान रहेको कलाकर्मीको भनाइ छ ।

मेलाका व्यवस्थापक सुजन बज्राचार्यले मेलाले आगामी दिनमा काम गर्न सिकाएको बताए । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सद्भभावनामा महानगरको १६ नम्बर वडाले महिला उद्यमी मेला आयोजना गरेको हो । मेलामा विभिन्न ५२ वटा स्टल थिए । मेलामा फेस पेन्टिङ, फुड स्टल, बाजा, कला तथा तस्बिर प्रर्दशनी आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ३१ बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले