१० श्रावण २०८३, आइतबार | July 26, 2026

दुई वर्षदेखि रोकिएका पाटनका मेला महोत्सव चलाउन हस्तकला महासंघको माग



ललितपुर । नेपाल हस्तकला महासंघले कोरोनाका कारण दुई वर्षदेखि ललितपुरको पाटनमा रोकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेको छ ।

पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताए ।

उनले भने, ‘चार वर्षदेखि खासै मेला प्रर्दशनी नहुँदा आर्थिक क्षेत्र चलायमान भएन । अब नगरपालिकाले बजेटनै छुट्टाएर वर्षमा ६ वटा मेला आयोजना गरोस् ।’

मेला प्रर्दशनी आयोजना गर्न आफूले के गर्नु पर्ने हो त्यो गर्न तयार रहेको महानगरकी उपमेयर गीता सत्यालले बताइन् ।

उपमेयर सत्यालले आफू विश्व कला नगरी पाटनको कला संरक्षणमा काम गर्न सधैँ तयार रहेको बताइन् । उनले जति पनि बजेट राखेर का मगर्न तयार रहेको बताउँदै भनिन्, ‘तर काम चाँही हुनु पर्‍यो ।’

महागरपालिका(१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाको उत्साहपूर्ण सहभागीताले गर्व लागेको बताए । उनले भने, ‘हामी नगरपालिकाको तर्फबाट वडामा हरेक वर्ष मेला आयोजना गर्न तयार छौं । कोरोना माहामारीका कारण दुई वर्ष भने मेला भएनन् । अब नियमित हुन्छ ।’

वल्ड क्राफ्ट एसोसिएसनले ललितपुरलाई कला नगरी घोषणा गरे पनि निरन्तर रुपमा मापदण्ड पूरा नगरे हटाउन सक्ने प्रावधान रहेको कलाकर्मीको भनाइ छ ।

मेलाका व्यवस्थापक सुजन बज्राचार्यले मेलाले आगामी दिनमा काम गर्न सिकाएको बताए । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सद्भभावनामा महानगरको १६ नम्बर वडाले महिला उद्यमी मेला आयोजना गरेको हो । मेलामा विभिन्न ५२ वटा स्टल थिए । मेलामा फेस पेन्टिङ, फुड स्टल, बाजा, कला तथा तस्बिर प्रर्दशनी आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ३१ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस