५ पुस २०८२, शनिबार | December 20, 2025

न्यायपालिकालाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने



काठमाडौं । सत्ता गठबन्धनले न्यायपालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने काम गरेको भन्दै एमालेले त्यसको भण्डाफोर गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्य गर्दै आएको भन्दै त्यसको संवैधानिक तथा कानुनी प्रतिवाद गर्दै भण्डाफोर गर्ने निर्णय गरेको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा दलका नेता केपी शर्मा ओलीले अदालतलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताएका थिए ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभई अदालतलाई आफू अनुकूल चलाउन आएको उनको भनाई थियो । जुन कुरा संसद्को अधिवेशन अन्त्य गर्नुले पुष्टि गरेको उनको भनाई थियो ।

दलको बैठकमा ओलीले यसको कडा रूपमा प्रतिवाद गर्न निर्देशन दिएका थिए । सबै उपाय अपनाएर न्यायिक स्वतन्त्रता बचाउन एमाले तयार हुनुपर्ने मामा उनको जोड थियो ।

अहिलेको गठबन्धनले अदालतलाई आफ्नो मतियार बनाउने संकेत देखिएको भन्दै त्यसका लागि सबैले जोडदार रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए ।

आजको बैठकमा १०औं महाधिवेशनको समेत समीक्षा गरिएको प्रमुख सचेतक भट्टराईले बताए । त्यस्तै आसन्न स्थानीय चुनाव केन्द्रित गतिविधिमा लाग्न समेत पार्टी अध्यक्षबाट निर्देशन भएको उनको भनाई छ । एमालेले निर्वाचनबारे निर्णय गर्न आगामी ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ४९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता