१९ माघ २०८२, सोमबार | February 2, 2026

नेवा: दय दबूको लुम्बिनी प्रदेश अध्यक्षमा बिजुला जोशी



बुटवल । नेवाः दय दबूको दोस्रो अधिवेशनले नवलपरासीकी बिजुला जोशीको नेतृत्वमा २९ सदस्सीय सर्वसम्मत प्रदेश समिति निर्वाचित गरेको छ ।

आज अपरान्ह सम्पन्न प्रदेशको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बाबुराम श्रेष्ठ (रुपन्देही), उपाध्यक्षमा टिका श्रेष्ठ (दाङ), उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ (बाँके) लाई निर्वाचित गरेको छ ।

त्यसैगरि महासचिवमा चिरन्जिवी श्रेष्ठ(रुपन्देही), सचिवद्वयमा रमेश श्रेष्ठ ( बर्दिया ) र सुशिला श्रेष्ठ (कपिलवस्तु) तथा कोषाध्यक्षमा साहना श्रेष्ठ(दाङ) निर्वाचित भएका छन् ।

अधिवेशनले २ जना सदस्य पछि थप गर्ने गरि २१ जना सदस्यहरुको समेत सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनमा निर्वाचनका लागि गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेको पदाधिकारी तथा सदस्इहरुको प्रस्तावलाई १२ जिल्लाबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुले सर्वसम्मत अनुमोदन गरेको नव निर्वाचित महासचिव जिरन्जिवी श्रेष्ठले जानकारी दिए ।

अधिवेशनको दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ३४ बजे

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको