३ पुस २०८२, बिहिबार | December 18, 2025

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आउँदै, उच्चस्तरीय राजनीतिक भेट गर्ने



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी चैत १२ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी को नेपाल भ्रमणको मिति घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो ।

‘परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

दुवै देशका विदेशमन्त्रीको उपस्थितीमा चैत १२ गते काठमाडौंमा नेपाल–चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ ।

नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ५६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका