११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न बुटवलमा श्रम बैंक स्थापना



बुटवल । बुटवल उपमहानगरपालिकाले सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको शुरुवात गरेको छ ।

बेरोजगार नागरिक र रोजगारदाता बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको सोमबार एक कार्यक्रमबीच उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।

रोजगार चाहने नागरिकले देश वा देश बाहिर रहेको अवस्थामा पनि ‘बुटवल रोजगार डटकम’मा गई अनलाइन फर्म भर्न सक्ने छन् । फर्म भर्दा आफ्नो क्षमता, आफूले चाहेको रोजगार तथा अपेक्षा गरेका सेवासुविधा सबै खुलाएर आवेदन दिन सक्नेछन् ।

सुवेदीले श्रम बजारमा बेरोजगार रहेका नागरिकहरूको पहिचान गरी उद्योग, कलकारखाना तथा व्यापार व्यवसाय लगायत रोजगार दाता संस्थाहरूका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन श्रम बैंकले सहयोग गर्ने बताए । स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना र सञ्चालन भइराखेका छन् । जसले रोजगार प्रत्यासी र रोजगार प्रदायकबीच रोजगार सम्बन्धी सम्पूर्ण सूचना र जानकारीको विवरण उपलब्ध गराउन सेतुको काम गर्ने मेयर सुवेदीले बताए ।

स्थापना गरिएको श्रम बैंकमा गएर बेरोजगार नागरिकहरूले आफ्नो विवरणसहित आफूले गर्न चाहेको कामबारे खुलाएर आवेदन दर्ता गर्न पाउने छन् । रोजगारदाताले आफ्ना लागि आवश्यक जनशक्ति यही पोर्टलमार्फत माग गर्न सक्नेछन् । यो पोर्टलको शुरूआतसँगै बेरोजगारीको समस्या समाधान हुनुका साथै जनशक्तिको अभाव नहुने अपेक्षा व्यक्त गरे ।

उपप्रमुख गुमादेवी आचार्यले श्रम बैंकको स्थापनासँगै रोजगार र जनशक्तिको व्यवस्थापनमा सहयोग पुग्ने बताइन् । उपमहानगरलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि यसले सहयोग पुग्ने बताइन् ।

सहयोगी संस्थाका रूपमा रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले नयाँ अभ्यासको शुरूआत गरेको भन्दै खुशी व्यक्त गरे । सञ्चालनमा आएको रोजगार पोर्टलले रोजगारदाताले विदेशी कामदारको भर पर्नुपर्ने तथा जनशक्ति अभावको अन्त्य हुने विश्वास व्यक्त गरे ।

पोर्टलबाट टे«ड युनियन कांग्रेसका नेता कृष्ण बेल्बासेले बेरोजगार जनशक्तिले आफ्नो क्षमताअनुसारको रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख गरे ।

रोजगार बैंकबारे जानकारी गराउँदै प्राविधिक मनोज पौडेलले हालसम्म पोर्टलमा २ हजार बढी रोजगार चाहनेहरूको डाटा राख्ने काम भइसकेको जानकारी गराए । यसैगरी रोजगारदाता निकायले आफूलाई आवश्यक जनशक्ति लगायत सबै विषय खुलाएर जनशक्ति माग गर्न सक्नेछन् । यसरी रोजगार दाता र रोजगार चाहनेहरूले यो बैंकमार्फत सम्पर्क स्थापना गरी फाइदा लिन सक्ने प्राविधिक पौडेलले जानकारी दिए ।

रोजगार संयोजक अरविन्द्र पाण्डेले समृद्ध बुटवल बनाउनको लागि रोजगारी बैंक निकै प्रभावकारी बन्ने बताए । उनले युवा इलम कार्यक्रमबाट सीप सिकेका, प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएका करीब ३ हजारले ज्यालादारीमा रोजगार पाएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ३० बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने