६ पुस २०८२, आइतबार | December 21, 2025

तिलोत्तमा नगर पहिलो अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डमा सूचीकृत



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । मुलुककै पहिलो नगरपालिकाको रूपमा तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगर बनेको हो ।

तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको हो । यो देशभरकै नगरपालिकामा पहिलो भएको नगरपालिकाको दाबी छ ।

मंगलबार एक समारोहका बीच आइएसओे सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् । समारोहमा नगर प्रमुख वासुदेव घिमिरेले सिंगो नगरवासी, जनप्रतिनिधि र कर्मचारीको मेहनत र परिश्रमले नगरपालिकाले यो सफलता हासिल गरेको बताए ।

नगरप्रमुख घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पुरा गर्ने लक्ष्य सहित अघि बढेर समयमै कार्य सम्पन्न गरी देशमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए ।

उनले तीन वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरवासीहरूले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताए । कार्यक्रममामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा सञ्चारकर्मी सहभागी थिए ।

त्यस अवसरमा बोल्दै आइएसओे सर्टिफाइड नेपालका म्यानेजर सुदिप शर्माले गुणस्तर मापदण्ड पुरा गरी नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको बताए ।

उनले देशभरमा अन्य केही पालिकाले समेत प्रक्रिया अगाडि बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित २४ सूचक पुरा गरी प्रमाणपत्र प्राप्त गरेको बताए । ुनगरपालिकाले आइएसओ प्रमाणीकरणका लागि आवश्यक ३० वटा सूचक मध्ये २४ वटा सुचकमा उत्तीर्ण भएको छ । त्यसैले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डमा प्रमाणित भएको हो,ु उनले भने

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे लगायतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरवासीको शिर उच्च बनाएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ४७ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र