जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी स्थानीय चुनावमा माओवादी हारे देशले नै हार्ने र अरुले हार्दा देशले जित्ने बताएका छन् ।
मंगलबार जनकपुरधामको तिरहुतिया बरगाछिमा भएको प्रशिक्षण कार्यक्रमलाई समबोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीका लागि जीवनमरणको विषय भएको बताए । “यो निर्वाचन अरुका लागि चुनाव मात्र हो । तर, हाम्रा लागि जीवनमरणको विषय हो । हामी हार्दा देश हार्छ । अरु हार्दा देश जित्छ,” प्रचण्डले भने ।
उनले डेढ–दुई महिनामा मधेसलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने बताउँदै गठबन्धनको आशा गरेर ‘रिल्याक्स’ नगर्न पनि नेतारकार्यकर्तालाई निर्देशन दिए । उनले मधेसका युवालाई भाडभैलो गर्न खोज्नेलाई इँटको जबाफ पत्थरले दिन निर्देशन पनि दिए ।
गरिब किसान, मजदुर, भूमिहीन, महिला, दलित, जनजाति, हिमाली आदिवासी, सीमान्तकृत समुदाय सबैलाई समावेशी र समानुपातिक प्रतिनिधित्व माओवादीको कारण भएको प्रचण्डले दाबी गरे ।
अध्यक्ष प्रचण्डले नेकपा (एमाले)का कारण नागरिकता विधेयक रोकिएको आरोप लगाए बताए । “नागरिकता विधेयक एमालेको कारण रोकिएको छ । हामीले जनतामा गएर यो भनिदिनुपर्छ ।” उनले भने ।



















प्रतिक्रिया