१३ भदौ २०८३, शनिबार | August 29, 2026

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमा विशाल सार्वजनिक सभा गर्न उपयुक्त खुला स्थल नहुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सरकारलाई र काठमाडौं महानगरलाई खुला मञ्च खुला गर्न आग्रह गरेका छन्। राजधानी काठमाडौंमा ठूला राजनीतिक तथा सार्वजनिक कार्यक्रम गर्न कम्तीमा एउटा विशाल स्थल अनिवार्य रहेको उनको भनाइ थियो।

प्रचण्डले कम्तीमा ५०–६० हजारदेखि एक लाख मानिस अट्ने चौर वा मञ्च देशभर नहुनु राज्यकै अपमानजनक अवस्था भएको बताए।

“नेपाल सरकार र महानगरपालिकालाई खुलामञ्च खुला गर्न आग्रह गर्न चाहन्छु,” प्रचण्डले भने, “५०–६० हजारदेखि एक लाख मानिस भेला भएर बस्न सक्ने एउटा पनि मञ्च वा चौर नहुनु नेपाल देशकै लागि लज्जाको विषय हो।”

खुलामञ्च विगतमा राजनीतिक दलहरुले सभा गर्ने स्थान रहेको थियो । तर, भूकम्पपछि खुलामञ्चलाई बन्द गरिएको छ । अहिले महानगरले पुनर्निर्माण गरेको छ ।

 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : १३ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण