९ पुस २०८२, बुधबार | December 24, 2025

इलाममा दुई हजार किलो छुर्पी बरामद



मङ्गलबारे । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।

प्रदेश १-०१-००१ च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

जिप चालक इलामको सूर्योदय नगरपालिका-२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५४ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार