११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

बेसीशहर नगरपालिकाको मनास्लु सडक कालोपत्रे



लमजुङ । बेसीशहर नगरपालिका-७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयकाे ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो ।

मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो ।

सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवातजावत गर्न समस्या थियो । धुलो हुँदा मुख छोपेर हिँड्नुपर्ने र हिलो हुँदा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यता थियो । अहिले सडक कालोपत्रे भएपछि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष रत्नकुमारी गुरुङले बताइन् ।

सडककाे उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए ।

उपमेयर लक्ष्मीदेवी अधिकारीले नागरिकले थालेको काममा नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताइन् ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५७ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने