१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

कांग्रेस नेताहरुले भने – पार्टीले एक्लै जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन



काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन ।

शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन ।

बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरुले मत राखिरहेको जानकारी दिए । प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जर्बजस्त निर्णय लादन खोजेको भनि गलत प्रचार गरिएको बताए ।

उनले पार्टी सभापतिले जर्बजस्त निर्णय नलादने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताए । स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई वेवास्ता गरेर माथिबाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे । उनले भने – ‘हाम्रो पार्टी सभापति लादन चाहानुहुन्छ भनेर जर्बजस्ती एउटा न्यारेटिभ पब्लिकमा पठाउने प्रयास भइराखेको छ । त्यो गलत कुरा हो । कुनै लादने कुरा पनि भएको छैन । निर्वाचनमा जाने भनेको बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने हो । त्यो गठबन्धन गरेर जितिन्छ भने गठबन्धन हुन्छ । गठबन्धन नगर्दा हुन्छ भने गठबन्धन हुँदैन । सबै ठाउँमा एउटै सिद्धान्त लागु हुँदैन । ’

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेका छन् । प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए । पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाव लिएरै निर्णय गर्नुभएको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ४३ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्