५ पुस २०८२, शनिबार | December 21, 2025

चुनावी गठबन्धनबारे संवाद गर्न एकीकृत समाजवादी कार्यदल गठन गर्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा। बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने हाम्रो बुझाइ हो र सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन्’, खतिवडाले भने, ‘महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ । नेताहरू उपत्यकाबाहिर भएकाले ढिलाई भएको हो ।’

माधवकुमार नेपाल नेतृत्वको उक्त दल पहिलोपटक निर्वाचनमा जाँदैछ । एकीकृत समाजवादीलाई निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ । त्यही भएर नेपाल नेतृत्वको दलले निर्वाचनमा गठबन्धनलाई पहिलो प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ०२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ