४ पुस २०८२, शुक्रबार | December 20, 2025

अबको निर्वाचन राजनीतिक पार्टीहरूका लागी ठूलो अग्नि परीक्षा हो : सभामुख सापकोटा



सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले अबको निर्वाचन सबै राजनीतिक पार्टीका लागी ठूलो अग्नि परीक्षा हुने बताएका छन् । निर्वाचन भनेको सामान्य टिकट ढ्वाङमा खसाल्ने मात्रै नभएर ठूलो जनमत सङ्ग्रह र अग्रगमनको पक्षमा भएको सापकोटाको भनाइ छ ।

सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले निर्वाचनबाट सक्षम, इमान्दार, जीवन जगतलाई परिवर्तन गर्न सक्ने प्रतिनिधि छान्न सक्नुपर्ने बताए । जस्तोसुकै कठिनाइमा सामान गर्ने सामर्थे भएको प्रतिनिधि छान्न आग्रहसमेत गरे ।

यस्तै सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेको बताए । केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने सापकोटाले बताए । आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने उनले बताए ।

आफ्नै गाउँको सेतीदेवी पञ्चकन्या माद्यामिक विद्यालयको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताएका हुन् ।

यस्तै सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने तिप्लीङ खोलाको पुलसमेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।

पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्नसमेत सजिलो हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको