६ आश्विन २०८३, मंगलबार | September 22, 2026

सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् ।

उम्मेदवार मनोनयनको अघिल्लो दिन आज सभामुख सापकोटाले पत्रकार सम्मेलन गरेर आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सापकोटा २०६४, २०७० सालमा सिन्धुपाल्चोक क्षेत्र नं. २ र २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १बाट निर्वाचित भएका थिए ।

यसपटक पनि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले सापकोटालाई क्षेत्र नं. १ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
सापकोटाले युवाहरूलाई मौका दिन यसपटक आफू उम्मेदवार नहुने बताएका छन् । आफुले लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको बताउँदै उनले युवा पुस्तालाई अगाडि बढाउन आफू पछि हटेको उनले बताए । सापकोटाले फरक भूमिकाबाट काम गर्ने पनि जनाएका छन् ।

तर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : ४१ बजे

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय