२ पुस २०८२, बुधबार | December 18, 2025

निजामती कानुन संसद् छलेर अध्यादेशमार्फत



काठमाडौं । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने गृहकार्य अघि बढाइएको छ । मुलुकको प्रशासन हाक्ने र दीर्घकालीन महŒव राख्ने संघीय निजामती सेवा ऐन संसद् छलेर अध्यादेशमार्फत ल्याइए प्रशासनमा नयाँ खाले प्रतिगमनको सुरु हुने प्रशासनविद्ले बताएका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याउने तयारी गरेको कानुनी मस्यौदामा केन्द्रसँग प्रदेश र स्थानीय तहको सम्बन्ध टुटाउने व्यवस्था गरिएको छ । यसअघि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पनि केही सांसदको असहमति र विरोधका बाबजुद त्यस्तै खालको प्रावधान रहेको विधेयक स्वीकृत गरी संसद्मा पेस गरेको थियो । लामो समयसम्म संसद्मा थन्कदै आएको सो विधेयकलाई वर्तमान सरकारले केही समयअघि मात्रै फिर्ता गरी सो विधेयक निष्क्रिय बनाएको थियो ।

हाल अध्यादेशमार्फत ल्याउन लागिएको सो कानुनमा स्थानीय तहको प्रमुख प्रशासकीय पद प्रदेश र स्थानीय तहकै हुनेगरी गरिएको प्रस्तावले केन्द्रसँग प्रदेश र स्थानीय तहको सम्बन्ध टुटाउने र त्यसले संघीय शासन प्रणाली नै कमजोर हुन सक्ने सरोकारवालाले बताएका छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल