२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रादेशिक अस्पताल ठेक्का प्रकरणको छानवीन गर्न समिति गठन



बुटवल । प्रदेश पूर्वाधार विकास समितिकोे बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानवीन गर्न मुख्य न्यायाधिवक्ता श्री कृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । मुख्यमन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले समितिको सदस्यमा कानून सचिव राजेन्द्र थापा र ग्रामीण शहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

मनत्री शर्माका अनुसार सो समितिले प्रादेशिक टेण्डर प्रक्रिया बारेमा भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिन भित्र समितिलाई प्रतिबेदन पेश गर्नेछ ।

सो टेण्डर प्रक्रिया हाल रद्ध गरिएको छानवीन कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले बताए । त्यहाँ के भएको छ, बाहिर उठेका विषयका बारे र कानूनी प्रक्रियाका बारेमा गहिरो अध्ययन गरेर समितिलाई रिपोर्ट बुझाउने छाँ ।” उनले भने ।

प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजनीनामा पत्र आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता भएको छ । घिमिरेले आफ्नो राजीनामा पत्र कार्यालयमा पठाएपछि कार्यालयले दर्ता गरी प्रक्रियामा अगाडि बढाएको अधिकृत अष्टराज न्यौपानेले बताए । घिमिरेलाई मन्त्री परिषदको निर्णयबाट २०७८ असोज २० गते प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको थियो ।

घिमिरेले प्रादेशिक अस्पतालको टेण्डर प्रक्रियामा मुख्यमन्त्री केसीको स्वार्थ लुकेको आशय व्यक्त गर्दै पदबाट गत १४ गते राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : २२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल