२१ माघ २०८२, बुधबार | February 4, 2026

स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलको संयन्त्र गठन



भैरहवा । रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । आगामी ३० वै वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो ।

रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बैठक बसेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझी केन्द्रलाई सुुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय हुनेछ । संयन्त्रले आ– आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुुझी २२ चैतमा थप छलफल गर्नेछ । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ०५ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल