काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दिएको रिटमाथि सुनुवाइ हेर्न नमिल्नेमा परेको छ ।
सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दामा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएपछि आजको सुनुवाई प्रभावित भएको छ ।
न्यायाधीस सुवेदीले सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेका थिए । पाण्डेसमेत विपक्षी भएको रिटको सुनुवाइ आफुले गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका छन् ।
यसअघि माधव नेपाल पक्षका कानुन व्यवसायीले पनि आजको सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए।
सर्वोच्चले यसअघि ओलीको पक्षमा अन्तरिम आदेश नदिइ रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गर्दै आज पेशी तोक्न आदेश दिएको थियो।



















प्रतिक्रिया