१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीका सबै पालिकामा सम्मानजनक रुपमा सिट बाँडफाँट गर्ने निर्णय



भैरहवा । आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मान जनक सिट बाडफाट गर्नका लागि संयन्त्र बनाएको छ ।

गठबन्धनका दलहरुको सहअस्तित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन् ।

गठबन्धनले गरेको घोषणा अनुसार सत्तारुढ पाँच दलले जिल्लाका १६ बटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय गरेका छन् ।

मंगलबार भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा निर्णय गरेका छन् ।

सवै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीयतहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्यन र अनुुसन्धन गरी पार्टीको यथार्त मतको आधारमा सिट बाँडफाँट गर्ने जनाएको छ ।

नेपाली काग्रेस रुपन्देहीका सभापति खाँणका सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, एकीकृत समाजबादीका केन्द्रीय सदस्य डा। बालकृष्ण चापागाई, माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्लाअध्यक्ष रमाअवतार यादव, माओवादीका जिल्ला अध्यक्षनिर्मल जिसी, समाजवदीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमीरे, सचिव हरि काफ्ले लगायतको उपस्थितिमा बैठक बसेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज