३ पुस २०८२, बिहिबार | December 19, 2025

औषधी व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर : औषधी व्यवसायी



बुटवल । औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ वर्ष औषधी आयात गर्दा तोकिएको मुल्य समायोजन नगरिए व्यवसाइहरु आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन। शुक्रबार रुपन्देहीमा सम्पन्न नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले १४ वर्ष पुरानो औषधी आयात गर्दा तोकिएको मुल्यलाई अध्यावधिक नगर्दा आयात अनुमति नै नबिकरण हुन नसक्ने अवस्था आएको बताए ।

उनले व्यवसायीहरु औषधी ब्यवसायलाई मर्यादित र उत्तरदायी बनाउन अग्रसर भएपनि सरकारको ध्यान नगएको उनले दुखेसो गरे । संघ स्थापना भएको ४९ वर्ष पुगिसक्दा पनि सरकारले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको गुनासो गर्दै उनले व्यवसायीहरु सरकारसँग मिलेर व्यवसायलाई स्वच्छ र जन उत्तरदायी बनाउन तत्पर रहेको बताए ।

उनले करिब ५५ देखि ६० अर्ब रुपैयाको वार्षिक ब्यापार गर्ने ब्यवसायीप्रति सरकार सकारात्मक हुन नसकेको गुनासो समेत गरे । टेण्डर प्रक्रियाबाट औषधी खरिद गर्दा सरकारी अस्पताल र निजी क्षेत्रको औषधी खरिद मुल्यमा फरक हुने गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सरकारी अस्पतालहरुमा सप्लाई गरिने औषधीको पहिचान खुलाउन माग गरे ।

श्रेष्ठका अनुसार नेपाल सरकारले ९६ वटा उत्पादन औषधीहरुको मूल्य निर्धारण गरेर वितरण गर्ने कार्यविधि बनाएपनि नेपालमा खपत हुने औषधीको ५५ प्रतिशत औषधी बाहिरी मुलकुबाट आयात हुने गरेको छ ।

अध्यक्ष श्रेष्ठले नविकरणको समयावधीलाई बढाएर पाँच वर्षिय बनाउनुपर्ने बताउँदै सरकारी निकायमा दर्ता नभई संचालनमा रहेका फार्मेसीहरुलाई कडाईका साथ कानुनी दायरामा ल्याउन समेत माग गरे ।

व्यवसायी संघका प्रदेश अध्यक्ष शिव ज्ञवालीले सरकारले अस्पताल भित्रै फार्मेसी संचालन गरेर सर्वसाधारणमाथि लुट मच्चाएको आरोप लगाए । उनले फार्मेसी र निजी क्षेत्रले बिक्री गर्ने खुद्रा मुल्य समान भएपनि सरकारी फार्मेसीहरुले टेण्डरबाट सस्तो मुल्यमा खरिद गर्ने र बढी मुनाफा खाने गरेको आरोप लगाए ।

सर्जिकल ब्यवसायका कारण आफुहरु मर्कामा परेको भन्दै उनले मुल्यको विषयमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा एक वर्ष कार्यकालको अवधिमा संघको इतिहास समेटेर तयार पारिएको स्मारिका विमोचन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट जिल्ला शाखाका रुपमा रुपन्देही शाखालाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो भने प्रोत्साहन शाखाका रुपमा बर्दिया र पाल्पा जिल्लालाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ ।

लुम्बिनी प्रदेशभर ३ हजार बढि ब्यवसायी संघमा आवद्ध रहेको र देशभर २१ हजार सदस्य संघमा आवद्ध रहेका छन।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : २० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको