१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सुर्खेतमा ४० वर्षपछि भूमिहिनलाई लालपुर्जा वितरण



वीरेन्द्रनगर । राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छन् ।

अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यलगायतले जग्गाधनी पुर्जा वितरण गरेका थिए। सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन ।

वर्षौंपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरु बञ्चित हुँदै आएका थिए ।

अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए । जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारणा व्यक्त गरे ।

उप-प्रमुख आचार्यले नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको बताइन् । अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनाका साथै पुर्जासमेत प्रदान गर्न पहल गरिने बताइन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ३६ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री