१० पुस २०८२, बिहिबार | December 25, 2025

गाउँपालिका अध्यक्षमा उठदै युवा संघका सुदूरपश्चिम अध्यक्ष



बैतडी । नेकपा (एमाले) निकट युवा संघ नेपाल सुदूरपश्चिम अध्यक्ष सन्तोशप्रकाश जोशीले बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि उमेदवारी घोषणा गरेका छन् ।

युवा संघका केन्द्रीय सचिव तथा मदन भण्डारी फाउण्डेशन बैतडीका सचिवसमेत रहेका जोशीले पालिका अध्यक्षमा उमेदवारी दिने बताएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र चुनाव लड्ने बताएका छन् ।

जोशीले भने, ‘बिहीबार गाउँपालिका संगठन कमिटीको बैठक बस्यो, मैले मेरो नाम अध्यक्षको उमेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरिदिन पटक-पटक आग्रह गरेँ । तर पार्टी जिल्ला अध्यक्षले रोक्न लगाए । मबाहेक तीनको नाम सिफारिस गरिएको कुरा सुन्नमा आएको छ । पार्टीभित्र न्याय नपाएपछि मैले स्वतन्त्र उमेदवारी घोषणा गरेको हुँ ।’

डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा वर्तमान गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा, वर्तमान वडा नम्बर का अध्यक्ष अक्कलबहादुर राना र शिक्षक संगठन आवद्ध प्रेमराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४२ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु