१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

गाउँपालिका अध्यक्षमा उठदै युवा संघका सुदूरपश्चिम अध्यक्ष



बैतडी । नेकपा (एमाले) निकट युवा संघ नेपाल सुदूरपश्चिम अध्यक्ष सन्तोशप्रकाश जोशीले बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि उमेदवारी घोषणा गरेका छन् ।

युवा संघका केन्द्रीय सचिव तथा मदन भण्डारी फाउण्डेशन बैतडीका सचिवसमेत रहेका जोशीले पालिका अध्यक्षमा उमेदवारी दिने बताएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र चुनाव लड्ने बताएका छन् ।

जोशीले भने, ‘बिहीबार गाउँपालिका संगठन कमिटीको बैठक बस्यो, मैले मेरो नाम अध्यक्षको उमेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरिदिन पटक-पटक आग्रह गरेँ । तर पार्टी जिल्ला अध्यक्षले रोक्न लगाए । मबाहेक तीनको नाम सिफारिस गरिएको कुरा सुन्नमा आएको छ । पार्टीभित्र न्याय नपाएपछि मैले स्वतन्त्र उमेदवारी घोषणा गरेको हुँ ।’

डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा वर्तमान गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा, वर्तमान वडा नम्बर का अध्यक्ष अक्कलबहादुर राना र शिक्षक संगठन आवद्ध प्रेमराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४२ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री