१० पुस २०८२, बिहिबार | December 25, 2025

खत्रेठाँटी-कुन्छा-सोतिपसल सडकको एघार किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने



लमजुङ । लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी-कुन्छा-सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ ।

सुन्दरबजार २, हाँडेटार देखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल-१, जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रे काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तीन किलोमिटर सडक ढलान गरिनेछ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।

उक्त सडक कालोपत्रे भएसँगै भेगका नागरिकलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मस्र्याङदी क्षेत्रका नागरिकलाई प्रदेश मुकाम पोखरा जान सहज हुने अपेक्षा गरिएको छ ।

सडक निर्माणका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरिले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४४ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु