१ चैत्र २०८२, आइतबार | March 16, 2026

नेपालगन्ज उपमहानगरमा एमालेबाट पशुपतिदयाल मिश्र र शान्ति ढकाल मेयर/उपमेयरमा सिफारिस



नेपालगञ्ज । स्थानीयतह निर्वाचनमा राप्रपाको दुबै समूहसँग गठबन्धनका लागि सम्बाद जारी रहेकै अवस्थामा नेकपा एमालेले नेपालगञ्ज उपमहानपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफरिस गरेको छ । राप्रपाको लिङ्डेन समुहका उपाध्यक्ष तथा नेपालगन्जका वर्तमान मेयर डा. धवलसम्सेर राणासँग सम्बाद जारी रहेकै अवस्थामा एमालेले मेयर र उपमेयर दका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

मिश्र र ढकाललाई मेयररउपमेयरमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जानकारी दिए ।

नेपालगन्जमा प्रतिनिधिसभा निर्वाचनमा डा. धवललाई समर्थन दिनेगरि स्थानीयतहमा राप्रपाबाट एमालेले समर्थन खोजेको चर्चा सार्वजनिक भएको थियो । अघिल्लो हप्ता नेपालगन्ज पुगेका नयाँ राप्रपा बनाएर हिँडेका कमल थापाले पनि एमालेसँग वार्ता जारी रहेको खुलासा गरेका थिए । उनले त आफुहरु सुर्य चिन्हबाट चुनाव लड्न सक्ने सम्भावना समेत देखाएका थिए ।

लामो समयदेखि मधेशबादी नेता हृदयेश त्रिपाठीको समुहमा रहेका मिश्र मेयरको उम्मेदवारको पक्कापक्की भए पछि १ मंसिरमा एमाले प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा उनी त्रिपाठी समुहमै रहेर सूर्य चुनावचिन्ह लिएर बाँके क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।

बाँकेका पुराना पञ्चायती राजनीतिज्ञका रूपमा परिचित मिश्रले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेपनि लामो समय पञ्च बनेर तत्कालिन राजतन्त्रको सेवा गरेका थिए । मधेस आन्दोलनपछि मधेशबादी दलहरुको भ्रमण गर्दै अन्तमा राष्ट्रिय जनता पार्टी बन्ने क्रममा त्रिपाठी समूहमा मिसिन पुगेका थिए ।

एमाले नेतृ ढकाललाई भने पार्टीले यस पटक पनि उपमेयर कै उम्मेदवार बनाउने सिफारिस गरेको छ । सम्भवतः राप्रपासँग तालमेल भएमा ढकालको उम्मेदवारी फिर्ता हुने सम्भावना रहेको एमाले बाँकेका एक जिल्ला नेताले बताए । २०७४ को स्थानीय चुनावमा पनि उनी उपमेयरकी उम्मेदवार थिइन् । एमाले राजनीतिमा बामदेव खेमाकी नेतृकारुपमा रहेकी ढकालले अन्तिममा बामदेव गौतमको साथ छाडेर एमाले मै रहेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ०२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन