१ चैत्र २०८२, आइतबार | March 15, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । नुवाकोट, अर्घाखाँची, भोजपुर र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–२ सिउडेनीमा मंगलबार बा ३ क १६६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङ रहेकी छन् । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बेलहापुलस्थित खेतमा लु ४ त ६१६८ नम्बरको ट्रयाक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसि रहेका छन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा प्र १–०२००३ त २२४९ नम्बरको ट्रयाक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी ९पूर्व०को देवचुली नगरपालिका–१४ मा बा।प्र ३–००३ प २०४८ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : २४ बजे

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज