१ आश्विन २०८३, बिहिबार | September 17, 2026

आइपिएल : मुम्बईको पाँचौ हार



काठमाडौं । पन्जाब किङ्ससँग बुधबार राति १२ रनले पराजित भएसंगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा लगातार पाँचौं हार व्यहोरेको छ।

पुनेमा १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका देवल ब्रेभिसले सर्वाधिक ४९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४३ रनको योगदान गरे ।

पन्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनको योगफल तयार पार्यो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ७० रन बनाए । यस्तै कप्तान मायांक अग्रवालले ५२ रनको योगदान गरे । मुम्बईका बसिल थाम्पीले २ विकेट लिए ।

जितसँगै पन्जाब ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । मुम्बईले ५ खेलबाट बिना अंक पुछारमा छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ०५ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको