१० पुस २०८२, बिहिबार | December 25, 2025

कुलमान घिसिङ र गण्डकी प्रदेशका सभामुख अधिकारीलाई निर्वाचन आयोगको स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्बिर सार्वजनिक भएको थियो ।

आयोगले पोस्टरमा फोटो राखि प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंको समेत फोटो राखि नकपा माओवादी केन्द्रको चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?’ भनि सोधिएको छ ।

त्यस्तै गण्डकी प्रदेशका सभामुख अधिकारीलाई आयोगले तोकेको भन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको लत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएको हो वा होइन भनि प्रश्न गरेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ०२ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न