१५ माघ २०८२, बिहिबार | January 29, 2026

हात्ती पाइले रोगले शिवकुमार मण्डलको परिवार बिच्चलीमा



सप्तरी । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएको छ । सरकारले हात्ती पाइले रोगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् ।

सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको ५ । उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, झपाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्रो भएको छ ।

केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन्।

उनले भनिन, झऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निको भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेको छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।

मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,झ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।

 

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ११ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।