१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

प्रो क्रिकेट : उत्तर प्रदेश तेस्रो, एपीएफ पाचौ



बुटवल । विश्व क्रिकेटका महारथि अष्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नलाई स्मरणमा आयोजना गरिएको प्रो–क्लब च्याम्पियनसीप क्रिकेटमा उत्तर प्रदेश क्लब–११ तेस्रो स्थान हासिल गरेको छ । जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शुक्रबार भएको प्रतियोगितामा नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गर्दै उत्तर प्रदेश क्लब तेस्रो स्थान हासिल गरेको हो ।

टस जितेर ब्याटिङको निर्णय गर्दै उत्तर प्रदेश क्लब–११ ले २० ओभर खेल्दै ८ बिकेटको नोक्सानीमा १ सय ३९ रन बनाएको थियो । जसका लागि सन्दिप मित्तलले ४३ रन तथा सन्नी सिहले २६ रनको योगदान दिएका थिए । खेलमा नेपाल आर्मी क्लबका सोमपाल कामीले ३ तथा शहब आलम र शुसान्त भारीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको आर्मीका ब्याट्सम्यानहरु १८ ओभरमा केवल १ सय ९ रनमा अल आउट भए । आर्मीका कुशल मल्लले ३५ रन बनाएका थिए । आर्मीका सन्तोष कार्कीले १० तथा भिम सार्कीले ११ रन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन ।

कम स्कोरमा रोक्न उत्तर प्रदेश क्लब ११ का विपिन चन्द्रा र तेजस सिहले समान ३–३ तथा दिब्य सिहले २ विकेट लिएका थिए । खेलमा उत्तर प्रदेशका तेजस सिह म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी पुस स्पोर्टस दिल्लीलाई ६ बिकेटले पराजित गर्दै शशस्त्र प्रहरी बलका एपीएफ क्लब प्रतियोगिताको पाचौ स्थान हासिल गरेको छ । टस जितेर दिल्लीले ६२ रनको योगफल तयार गरेको थियो ।

एपीएफका ब्याट्सम्यानहरुले झिनो लक्ष्यलाई १२.२ ओभरमा ४ विकेटको नोक्सानीमा भेटायो । खेलमा शसस्त्र प्रहरीका भुवन कार्कीले शानदार ४ विकेट लिएका थिए । उनि खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधिका लागि रुपन्देहीले मलेसिया ११ संग शनिबार फाईनल खेल खेल्ने छ । चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी छन ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : १६ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा