१४ असार २०८३, आइतबार | June 28, 2026

आइपिएल : सनराइजर्स हैदराबादको तेस्रो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदराबादले सहज जित हासिल गरेको छ ।

हैदराबादले कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको हो। कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले १७.५ ओभरमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो ।

हैदराबादका लागि राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाए। त्यस्तै, एडेन माक्ररम ३६ बलमा ६८ रनको योगदान दिए।
कोलकाताका लागि आन्द्रे रसेलले दुई र प्याट कमिन्सले एक विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित आठ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो। कोलकाताका नितिश रानाले ३६ बलमा ५४ रन बनाए। त्यस्तै, आन्द्रे रसेलले २५ बलमा ४९ रनको योगदान दिए।

आज पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स तथा दोस्रो खेलमा दिल्ली र बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ४६ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक