२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रो–क्लब च्याम्पियनसीप : मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन



बुटवल । भैरहवामा सम्पन्न प्रो–क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि रुपन्देही –११ टिमले चुमेको छ । शनिबार भएको फाईनल खेलमा मलेसिया–११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही–११ ले उपाधि चुमेको हो । उपाधिसंग रुपन्देही नगद २ लाख ५० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता मलेसिया नगद १ लाख, कप, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया–११ का ब्याट्सम्यानहरुले २० ओभरमा खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४० रनको योगफल तयार पारेका थिए । मलेसियाको नर्जरिल रहमानले ३६ तथा जुबैदी जुलफुक्लेले २६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । रुपन्देहीका बसिर अहम्मदले ३२ रन खर्चेर दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक–एक विकेट लिएका थिए । मध्यम लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेटको नोक्सानीमा पूरा गर्यो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रनको योगदान दिए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान दिएका थिए । मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले एक एक विकेट लिए ।

फाईनल खेलमा रुपन्देही ११ का प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही ११ का बसिर अहमद प्लेयर अफ द सिरिजबाट पुरस्कृत भए ।

चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले