२६ असार २०८२, बिहिबार | July 10, 2025

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने



काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएकाे हाे ।

१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएकाे छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ०० बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा