१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’



काठमाडौं । कवि एवं गीतकार दिनेश अधिकारीलाई २०७८ सालको वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान प्रदान गरिने भएको छ ।

‘वनिता’ साहित्यिक पत्रिकाले रू. १० हजार १५ राशिसहितको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो । चौविस वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

साहित्यकार डा. दयाराम श्रेष्ठ सम्भवलाई २०७८ सालको वनिताश्री कथा रत्न अभिनन्दन प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

त्यस्तै, बाल साहित्यकारद्वय प्रभा भट्टराई र रामदेव पाण्डेलाई १० हजार राशीको देवकुमारी थापा बाल साहित्य वनिता पुरस्कार तथा समालोचकद्वय डा. शैलेन्दुप्रकाश नेपाल र डा. दुर्गाप्रसाद दाहाललाई वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

कथाकारद्वय मातृका पोखरेल र इल्या भट्टराईलाई वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार तथा कविद्वय कृसु क्षेत्री र मनोज न्यौपानेलाई व्यथित काव्य वनिताश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सहित्यकार गायत्री श्रेष्ठलाई वनिता शिक्षा र साहित्य पुरस्कार, कलाकार मोहन अभिलाषीलाई वनिता बहुआयामिक प्रतिभा पुरस्कार, गायिका संगीता थापा र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरलाइ शाक्यलाई वनिताश्री उन्नती गीतसङ्गीत पुरस्कार प्रदान गरिनेछ ।

संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई वनिता विशेष वसुश्री-मधु पुरस्कार तथा गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छालाई वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार प्रदान गरिने भएको छ ।

वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका छात्रा र प्रिभा रेग्मीलाई तथा वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठलाई प्रदान गरिने जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २२ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी