१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो



गोदावरी । धनगढी-दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना-ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया-दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो ।

धनगढी-दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना-ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए ।

विसं २०६४ मा खुटिया-दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी-दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

अहिले सो सडकको धनगढी-स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो ।

ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए । उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महिनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए ।

धनगढी-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आवमा धनगढीबाट १३.४ किलोमिटर र डोटीको दिपायलबाट ९.५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी-स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ ।

यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमबार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन । अनुगमनका क्रममा सो दु्रतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्त्तरोन्नतिको कार्यले गति लिने उनले बताए ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : २८ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी