५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नयाँ बस्तीलाई तीन लाख जरीवाना, खेलाडी र अफिसियललाई प्रतिबन्ध



काठमाडौं । मध्यपुर युथ एसोसियनविरुद्धको खेलमा मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन कार्यका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरीवाना गरेको छ ।

एन्फाअन्तर्गतको लिग कमिटीको सोमबार बसेको बैठकले बी डिभिजन क्लब नयाँ बस्तीलाई जरीवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध गरेको हो ।

क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने फुटबल गतिविधिमा सहभागीता हुन नपाउने निर्णय गरेको छ । यस्तै, क्लब व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष फुटबलमा प्रतिबन्ध लगाएको छ ।

२६ चैतमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथसँग ३–१ अन्तरले पराजित भएसँगै क्लबका प्रतिनिधिले भौतिक सामग्री तोडफोड गरेका थिए ।

चर्च ब्वाईज युनाइटेड र खुमलटार युवा क्लब शीर्ष डिभिजनमा उक्लिँदा नयाँ बस्तीले भने ११औँ स्थानमा रहेर बी डिभिजन लिग टुङ्गाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०५ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन