२० मंसिर २०८२, शनिबार | December 6, 2025

मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नका लागि तोकिएको पहिलो दिन देशभर ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि तोकिएको पहिलो दिन आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको हो । जसअनुसार अध्यक्ष वा प्रमुख पदमा १ हजार ३५ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, उपाध्यक्ष वा उपप्रमुख पदमा पहिलो दिन ५ सय ९९ जनाको उम्मेदवारी दर्ता भएको छ भने वडा अध्यक्ष पदमा ३ हजार १ सय ७१ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका हुन् ।

यसैगरी, खुला सदस्य पदमा देशभर उम्मेदवारको मनोनयन दर्ताको पहिलो दिन ३ हजार ७ सय १३ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्य पदमा १ हजार ७ सय ७० जनाको उम्मेदवारी परेको छ । यसैगरी दलित महिला सदस्य पदमा १ हजार ३ सय ६९ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि सोमबार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नका लागि समय दिएको छ । आइतबार भने धेरै जसो दलका उम्मेदवारका भन्दा पनि स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको हो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित हुनेछ भने मंगलबार दाबीविरोधको समय निर्धारण गरिएको छ ।

काठमाडौंको मेयरमा १६ जनाको उम्मेदवारी

आइतबार काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । काठमाडौंको मेयरका लागि पहिलो उम्मेदवारी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव आनन्दराज जोशीले दिएका हुन् । यसैगरी, रविकान्त मानन्धर र राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, ¥यापर बालेन शाह (बालेन)पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट सुरेशरत्न बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् भने नेपाल समावेशी पार्टीका तर्फबाट रामबहादुर खड्काले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् ।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट सीता तामाङले पनि मेयर पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । यसैगरी, मौलिक जरोकिलो पार्टीको तर्फबाट मनोजराज आचार्यले मेयर पदमा उम्मेदवारी दिँदा ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

यसैगरी, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । मेयर पदमा उम्मेदवारी दिने अन्यमा अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी परेको छ ।

यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ५३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले