७ पुस २०८२, सोमबार | December 22, 2025

६० प्रतिशत ठाउँमा गठबन्धन गर्न सफल : माओवादी



काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।

सोमवार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताए ।

महराले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि दाबी गरे । सोमबार बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकीसम्ममा कुरा मिल्ने उनले बताए । प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमती हुने उल्लेख गरे । उनले भने, – ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको छ । बाँकी केही काममा अलिकति मिलेका छैनन् । पार्टी भित्रपनि मिलेको छैन, पार्टी पार्टीको बीचमा पनि मिलेको छैन । केही प्रक्रिया अझपनि जारी छ । यो मिल्नेक्रम बेलुकीसम्म अगाडी बढ्छ । आजमात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ । मिल्ने क्रम जारी रहन्छ । जुन उद्देश्यमा आधारित भएर गठबन्धन बनेको थियो, प्रतिगमनको विरुद्धमा अग्रगमनको पक्षमा, संविधानलाई जोगाउनको निमित्त यो गठबन्धन सुरु भएको छ । यो सफल भएको छ । मैले यहाँहरुलाई सफलताको शन्देश दिन चाहान्छु । अब अझ अगाडी बढ्दै जान्छ ।’

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए । उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए । उनले भने, – ‘हामीले अपिल जारी गरेका छौँ र के भनेका छौँ भने केन्द्रीय स्तरबाट भन्दा स्थानीयस्तरबाटै घोषणा पत्र आफ्नो विशेषतामा निकाल्ने भनेका छौँ । विशेषतामा आधारित भएर आ–आफ्नो स्थानीय निकायले घोषणा पत्र निकाल्ने छन् । हामीले स्थानीय निकायलाई अलि शक्तिशाली बनाउने भनेकै हो । त्यो प्रक्रिया सुरु भएकै छ । हामी सकेसम्म केन्द्रीकृत शक्तिलाई विकेन्द्रीत गर्ने त्यसकारण हामीले त्यो अधिकार तल दिन चाहान्छौँ ।’

महराले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए । गठबन्धनका दलहरुकाबीचमा सहमति नभएपनि गठबन्धनका दलहरुले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णय अनुसार अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ५८ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि