२९ भदौ २०८३, सोमबार | September 14, 2026

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द



काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । हड्तालको प्रभावस्वरूप उपत्यकाभरका विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई सूचना पठाउँदै आज विद्यालय बन्द रहने जानकारी गराएका छन् ।

नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग अघि सार्दै शैक्षिक हड्ताल आह्वान गरेको हो । युनियनले निजी विद्यालयहरूले लिँदै आएको शूल्कमा ५० प्रतिशत कटौती गर्नुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्ण रूपमा लागू गर्नुपर्ने माग राखेको छ ।

युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले विदेशमा रहेका नेपाली विद्यार्थीले पनि आगामी निर्वाचनमै मतदान गर्न पाउनुपर्ने माग रहेको बताइन् । “हाम्रा मागमा प्याब्सन र एनप्याब्सनले समेत सहमति जनाउँदै विद्यालय बन्द गरिएको हो,” उनले दाबी गरिन् ।

युनियनले सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्ययन-अध्यापन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक ५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ ।

त्यसैगरी, कलेज तहमा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार हुने वातावरण सिर्जना गर्न सरकार जमानी बसेर न्यूनतम १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने मागसहित शैक्षिक हड्ताल गरिएको युनियनले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ५१ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला